अध्यात्मवादले आत्मा नश्वर छ भने पनि भौतिकवादले भने ब्रह्माण्डका सबै चीजहरू स्थायित्व तर्फ लाग्छन् त्यस क्रममा परिवर्तन हुन्छ र यो सधैँ चली रहन्छ भन्छ । समाज पनि त्यही हो सधैँ परिवर्तन खोजेर बस्छ सकेसम्म सबैलाई सुतेर काम नगरेर खान पुगोस् भन्छ तर यथार्थमा दिनको १८ घण्टा पनि घोटिन सक्छ । अति भएपछि एउटा आन्दोलन हुन्छ र आफ्नो अवस्था परिवर्तनको लागि व्यवस्था परिवर्तन गर्ने लहड चल्छ ! हुने त्यही हो आन्दोलन सकिएको भोलिपल्टबाट आफ्नो सुसेधन्दा शुरू गर्ने पर्छ तर पनि केही होला भन्ने आशा हुन्छ । यस्ता आसै आसमा अमेरिकाले बेलायतबाट विद्रोह गर्यो तर अहिले ट्रम्प जस्तो असहिष्णु मान्छे पालेर बसेको छ भारतले बोल्न पाईएन भनेर स्वतन्त्रता संग्राम गर्यो इन्दिरा गान्धीको हातमा सत्ता पुग्यो गोदी मिडियाले कस्तो भाष्य बनाइरहेको छ भन्नु नपर्ला । यस मामिलामा नेपाली समाज अझ एक कदम अगाडि छ , यहाँ धेरैलाई धेरै कुरा चित्त बुझ्दैन अनि प्रत्येक १० वर्षमा राम राज्य आउने परिकल्पना गरिन्छ आफूले के काम गर्नु पर्छ भन्ने थाहा हुँदैन तर अरूलाई काम गर्न सिकाइन्छ । व्यवस्थालाई सहि तरिकाले प्रयोग गर्न नजाने पछि जति वटा आन्...
- Get link
- X
- Other Apps